निलो रिबन भिरेर संसद्‍मा रास्वपा सांसद

असार ३, २०८२

कान्तिपुर संवाददाता

RSVP MP wearing blue ribbon in Parliament

काठमाडौँ — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित रास्वपाले संसद्‍मा निरन्तर विरोध गरिरहेको छ । रास्वपा सांसदहरूले वेल घेर्दै नाराबाजी गर्दै आएका छन् ।

मंगलबार भने रास्वपाका सांसदहरू घाँटीमा निलो रिबन भिरेर संसद् भवन पुगेका छन् । मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापी रूपमा 'निलो रिबन' को प्रतीकले जनाउने उनीहरूले जनाएका छन् । 

कान्तिपुर

Link copied successfully