सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

असार ३, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road blocked due to dry landslides

काठमाडौँ — सुख्खा पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडक मंगलबार मध्याह्नबाट अवरुद्ध छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार इच्छाकामना गाउँपालिका–५, तुहिन खोलानजिक सडकमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

सडक खुल्न समय लाग्न सक्ने चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताएका छन् । खुलाउने काम सुरु भएको छ । यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिमी भेगसँग जोड्ने मुख्य मार्ग हो । तर, वर्षायाममा पहिरोले निकै दुःख दिने गरेको छ ।

Narayangadh-Muglin road blocked due to dry landslides

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully