संस्थागत अनुशासनले संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

असार २, २०८२

नारायण शर्मा

Institutional discipline makes protection work effective: President Paudel

नवलपरासी — राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिँदै यससँग सम्बन्धित नीतिगत व्यवस्थाहरूमा सुधार गरेर चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

चुरे दिवसको अवसरमा कावासोतीस्थित केरुंगे खोलाको किनारमा सोमबार वृक्षारोपणपछि बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

नवलपरासीको कावासोती नगरपालिका–३ मा अवस्थित अट्ठाइस बिघा क्षेत्रको ज्योतीकुञ्ज सामुदायिक वनमा राष्ट्रपति पौडेलले बर र श्रीमती सविता पौडेलले पीपल रोपेर चुरे संरक्षण दिवस शुभारम्भ गरेका हुन्।

चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्र संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान जानुपर्नेमा उनले चर्चा गरे।

कावासोतीको ज्योतीकुञ्ज सामुदायिक वनको ६ हेक्टर जग्गामा सोमबार वृक्षारोपण गरिएको छ। त्यहाँ करिब ९ हजार बिरुवा रोप्ने योजना छ। नेपाली सेनाको वन तथा पर्यावरण गण हात्तिखोरले वृक्षारोपणको तारतम्यता मिलाएको थियो।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully