प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन : नेसपा नयाँ शक्ति

असार २, २०८२

कान्तिपुर संवाददाता

Constitutional Amendment for Directly Elected Executive and Full Proportional System: NESP New Power

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन हुनुपर्ने बताएको छ । नयाँ शक्तिको केन्द्रीय समितिका बैठक समसामयिक राजनीतिक प्रस्तावहरू पारित गर्दै गणतन्त्रको पुनर्संरचना आवश्यक भएको जनाएको हो । 

राजनीतिक स्थिरताका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रको पुर्नंसरचनासहित प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको पनि नेसपा नयाँ शक्तिको ठहर छ ।  पार्टीले राज्यको उदासीनता र सही दृष्टिकोणको अभावमा शिक्षा क्षेत्र तहसनहस  भएको उल्लेख गर्दै लामो समयदेखि विद्यालय शिक्षा विधेयक अल्झाइएको जनाएको छ ।

‘यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गरी कार्यान्वयन गरियोस्, साथै शिक्षालाई रोजगारमूलक, उत्पादनमुखी, जीवनोपयोगी बनाउन विद्यमान शिक्षा प्रणालीको आमूल रूपान्तरण गरियोस् झनि यो बैठक जोडदार माग गर्दछ,’ नयाँ शक्तिको माग छ, ‘वर्तमान अवस्थामा मुलुकको समग्र आर्थिक क्षेत्र संकटग्रस्त छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully