काठमाडौँ — रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोगपत्र दर्ता, त्रिवि उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा आंशिक प्राध्यापकको तालाबन्दी, ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलनदेखि साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोटसम्मका खबर आज चर्चामा रहे ।
0000
जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । लामिछानेविरुद्ध जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरिएको हो ।
0000
त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ कांग्रेसको विद्यार्थी संगठन नेविसंघले १९ दिनदेखि गरेको तालाबन्दी जारी रहँदा आंशिक प्राध्यापकले पुनः तालाबन्दी गरेका छन् । त्रिवि उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा तालाबन्दी गरिएको हो ।
0000
चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो ।
0000
उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान भएको हेलिकप्टर दुर्घटनामा सवार सात जनाकै मृत्यु भएको छ । हेलिकप्टरमा चालकसहित ६ जना वयस्क र एक शिशु सवार थिए । अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।
0000
यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने यु–२० दक्षिण एसियाली फुटबल संघ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएका छन् ।उक्त प्रतियोगिताका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले दोस्रो चरणको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई आउट गर्दै ३० खेलाडी छनोट गरे ।
