नाराबाजीका बीच संसद् चलाउने तरिका ठिक भएन : राजेन्द्र पाण्डे

असार १, २०८२

कान्तिपुर संवाददाता

The way of running the parliament was not right amid sloganeering: Rajendra Pandey

काठमाडौँ — रास्वपा र राप्रपाका सासंदहरुले वेल घेराउ गरी नाराबाजी गरिरहँदा विष्णु पौडेलले संसदको रोष्ट्रमबाट आफ्ना कुरा राखेपछि नेकपा समाजवादीका सासंद राजेन्द्र पाण्डेले उनलाई बीचैमा रोकेका छन् ।

नाराबाजी र होहल्लाका बीच अर्थमन्त्रीले बोलेका कुरा नबुझिएको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्‌ बैठकमा अवरोध गरे पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।

संसद् सुरु हुनासाथ उठेर विरोध जनाएका रास्वपा र राप्रपाका सांसदको नाराबाजीका बीच सभामुख घिमिरेले सांसदलाई बोल्न दिएका छन् ।

रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।

कान्तिपुर

Link copied successfully