आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी हो : प्रमुख सचेतक शाही

असार १, २०८२

कान्तिपुर संवाददाता

Running the Parliament while there is a movement is bullying: Chief Whip Shahi

काठमाडौँ — राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधका बीच संसद् बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन्  । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् । 

'संसद्‍मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ । उहाँहरू पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नुस्,' उनले भने ।  

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ ।

आइतबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् । रास्वपाको नाराबाजी र राप्रपाको विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका छन् । 

कान्तिपुर

Link copied successfully