नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Second Plenary Session of NESPA (New Power) begins

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यसअघिको कार्यविभाजनको समीक्षा गरी नयाँ कार्यविभाजन हुनेछ ।

सबै खाले भ्रष्टाचारविरुद्ध सबै तहमा संघर्ष सञ्चालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसद्‍को लागि जनपरिचालन गर्ने, राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न दबाब सिर्जना गर्ने प्रस्ताव बैठकमा पेस गरिएको छ ।

बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे संघर्ष सञ्चालन गर्ने, मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याबारे संघर्ष सञ्चालन गर्ने, स्थानीय स्तरका मुद्दा स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने र राजनितिक समिति गठन गर्ने लगायतका प्रस्ताव पनि पेस गरिएका छन । बैठक भोलिसम्म चल्नेछ ।

कान्तिपुर

Link copied successfully