काठमाडौँ — नेकपा एमालेनिकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्।
बिहीबार काठमाडौँमा भएको निर्वाचनमा कडरियाले निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मत पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाएका छन्। कडरिया यसअघि केन्द्रीय कमिटीको सचिव थिए।
३२ वर्षे उमेर हद लागू भएपछि यसअघि उनीभन्दा माथिल्लो पदमा रहेकाहरू बाहिरिँदा कडरियाको नेतृत्वमा नयाँ आएको हो।
निर्वाचनबाट उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी, सचिवमा आकाश घर्तीमगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन्।
त्यस्तै, सचिवालय सदस्यमा कोशीबाट प्रवीण कार्की, रोशन लामा र पुष्पा मगर, मधेशबाट दिवस सापकोटा र कायरा पोख्रेल, बागमतीबाट नविन्द्र चालिसे, भुवन मैनाली र सरस्वती थापा खड्का, उपत्यकाबाट सुनिल थापा र सुनिता घिमिरे, गण्डकीबाट किशोरचन्द्र सुवेदी, विनय पराजुल र कृति भट्टराई निर्वाचित भएका छन्।
त्यस्तै, लुम्बिनीबाट आर्जन रिमाल, सागर न्यौपाने र सीमा घिमिरे, कर्णालीबाट विराज भण्डारी र प्रतिमा खड्का क्षेत्री, सुदूरपश्चिमबाट किशोर शाह, रोशनबहादुर साउद र कल्पना तिमिल्सेना, विश्वविद्यालयबाट विशाल आचार्य, विशाल खड्का र बिहानी पंगेनी, सम्पर्क कमिटी र विभागतर्फबाट कविराज घिमिरे र सुस्मा शाही निर्वाचित भएका छन्।
समावेशीतर्फ जनजातिबाट लोकेन्द्र रानामगर, सौरभी सुनुवार, दलितबाट विष्णु विक, मधेशी/थारुबाट कमल राना थारु, मुस्लिम अल्पसंख्यकबाट फुर्वा छिरिङ शेर्पा, पिछडिएको क्षेत्रबाट छक्क लामा निर्वाचित भएका छन् भने समावेशी महिलातर्फ भूमिका कुमारी कुवर निर्विरोध निर्वाचित भएकी थिइन्।
त्यस्तै, खुलातर्फ सदस्यमा रुद्रहरि पोख्रेल, नितेश लामिछाने, अकलबहादुर सिजापती, पुष्पराज भाम र समिर रिजाल तथा महिलातर्फ सृजा ढकाल र सुकृती सुवेदी निर्वाचित भएका छन्।
