प्रतिनिधिसभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्बन भएको सूचना

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

The notice of suspension of Madhav Nepal MP was read out in the House of Representatives

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्बनको सूचना पढेर सुनाइएको छ । 

सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट रौतहट-१ बाट निर्वाचित सांसद हुन् । 

कान्तिपुर

Link copied successfully