भिजिट भिसा प्रकरणमा माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो : अध्यक्ष लिङ्देन

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Maoists capitulate heroically on visit visa issue: Chairman Lingden

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादीले सत्ता पक्षसँग आत्मसमर्पण गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल माओवादीबीचको सहमति लुटतन्त्रको रक्षाका लागि भएको आरोप लगाएका हुन् । 

'१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ । देशले देखिरहेको छ । अहिले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो । उहाँले गणतन्त्रको रक्षाको लागि भन्नुभयो । गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्नेकुरा आम जनताले बुझेका छन् ।' अध्यक्ष लिङ्देनले भने । 

त्यस्तै उनले  सरकारले लेखेकै र बोलेकै आधारमा पक्राउ पुर्जी जारी गरेको पनि बताएका छन् ।  'राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लेखेकै र बोलेकै आधारमा पक्राउ पुर्जी जारी गरेको छ । सरकार जंगे शासन चलाउन लागिपरेको छ,'अध्यक्ष लिङ्देनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully