युएईमा घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Formation of three parliamentary sub-committees to study the possibility of sending domestic workers to the UAE

काठमाडौँ — द्विपक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो ।

समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठबाट तय हुने गरी गठन गरिएको जानकारी दिए। उनकाअनुसार समितिले घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको धारण समेत दिने भएको छ ।

सभापति खानले भने, ‘घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको पनि धारणा लिनुपर्ने कुराहरु भएको छ । घरेलु कामदारहरुको सम्बन्धमा तीन वटा उपसंसदीय गठन गरिएको छ । आज नै लिखित निर्णय आउँछ । उपसमितिको संयोजक चाँही बैठक बसेर तय गर्ने भएको छ ।’

समितिको शुक्रबारको बैठकले द्विपक्षीय श्रम सम्झौता भएको मुलुक युएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।

कान्तिपुर

Link copied successfully