गृहमन्त्री लेखकले बोल्न सुरु गरेसँगै रास्वपाले गर्‍यो वेल घेराउ

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

As soon as the home minister started speaking, the RSVP did a veal gherao

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा बोल्न सुरु गरेसँगै रास्वपाले वेल घेराउ गरेको छ । गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोपमाथि स्पष्टीकरण दिइरहेका बेला रास्वपा सांसदहरूले वेल घेराउ गरेका हुन् । 

भिजिट भिसा प्रकरणको छानबिन र प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी माओवादी र सत्ता पक्षबीच सहमति भए पनि रास्वपा र राप्रपाले भने अवरोध जारी राखेका छन् । 

रास्वपा र राप्रपा सांसदहरूले गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्लेकार्ड बोकेर विरोध गरिरहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully