काठमाडौँ — प्रतिनिधिसभा बैठक बिहीबार अपराह्न साढे ५ बजेसम्मका लागि सरेको छ । संसद् सचिवालयले सूचना टाँसेर बैठक सरेको जानकारी गराएको हो ।
आजै ३ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति नहुँदा बस्न नसकेको हो ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग राख्दै आएका छन् । बजेट प्रस्तुतबाहेक जेठ १३ देखि प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ ।
