विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित 

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

The House of Representatives meeting was adjourned due to opposition party disruption

काठमाडौँ — विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । साँझ साढे ६ बजेपछि सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, प्रतिपक्षी रास्वपा, एकीकृत समाजवादीलगायत दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले बस्न सांसदहरुलाई आग्रह गरेका थिए । सभामुखको आग्रह विपक्षी दलका सांसदले नमानेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । 

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने लगायत माग राख्दै संसद्‌ अवरुद्ध पार्दै आएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully