मुस्ताङको पेरिस डाँडामा माओवादीको कार्यालय शिलान्यास

जेष्ठ २९, २०८२

रासस

The foundation stone of the Maoist office at Parris Danda in Mustang

मुस्ताङ — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।  बौद्ध परम्पराअनुसार उनले पार्टी कार्यालयको शिलान्यास गरेका हुन् । 

माओवादी जिल्ला इन्चार्ज धीरेन्द्र विकका अनुसार ६ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् ।

अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

रासस

Link copied successfully