राज्य व्यवस्था समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Meeting between the Chairman of the State Administration Committee, Khatiwada and the British Ambassador

काठमाडौँ — सिंहदरबारमा बिहीबार  राज्य व्यवस्था तथा सुशासन समिति सभापति माननिय रामहरि खतिवडा र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा राजदूत फेनले नेपाल र बेलायतबीचको सम्बन्ध, समितिमा छलफल भई पास भएको निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकोमा समितिलाई बधाई दिएका थिए ।

Meeting between the Chairman of the State Administration Committee, Khatiwada and the British Ambassadorसाथै समितिमा आएको सुरक्षा निकायसम्बन्धी विधेयकका बारेमा पनि उनले चासो दिएका थिए । नेपाल प्रहरी र बेलयातको प्रहरीबीचको सम्बन्ध बढाउने विषयमा पनि उनको कुराकानी भएको थियो । 

कान्तिपुर

Link copied successfully