संसद‍्को अवराेध खाेल्ने विषयमा सभामुख र माओवादी अध्यक्ष दाहालबीच भेट

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

A meeting between Speaker and Maoist Chairman Dahal on the issue of obstruction of Parliament

काठमाडौँ — संसद‍्को अवरोध खुलाउने विषयमा प्रमुख विपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । भेटमा दाहालले सदनको अवरोध आजै खुलाउनेबारे सभामुख घिमिरेलाई बताए । 

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र विपक्षी दलहरूसँग छलफल गरेपछि दाहालले सभामुखलाई भेटेका हुन् । भेटमा सभामुखले संसद‍् बस्न नसकेकाले बजेट ल्याउन ढिला भएको बताएका थिए । उनले संसद‍्कै कारण निजामती र नागरिकता विधेयकमा समस्या भएकाे पनि बताए ।

माओवादी अध्यक्ष दाहालले भने सहमतिका विषयमा आफूले प्रयास गरिरहेको भन्दै  विपक्षी दल बसेर सत्तापक्षसँग छलफल गर्ने र यस बिषयमा आफु गम्भिर भएको बताए । 

बिहीबार तीन बजेका लागि प्रतिनिधीसभाको बैठक डाकिए पनि संसद‍् बस्न सकेको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully