प्रतापपुर र सरावल जोड्ने पचफेडा खोलामा पक्की पुल निर्माण सुरु

जेष्ठ २९, २०८२

नवीन पौडेल

Construction of concrete bridge over Pachpheda river connecting Pratappur and Sarawal started

परासी — पश्चिम नवलपरासीको प्रतापपुर र सरावल गाउँपालिका जोड्ने पचफेडा खोलामा पक्की पुल निमार्णको काम सुरु भएको छ ।

खोलामा यातायात सञ्चालनका लागि ठूलो पुल नहुँदा सरावल र प्रतापपुरका स्थानीयलाई मुल सडकमा जोडिन समस्या थियो । वर्षाको समयमा आवातवाजत गर्न जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।

यो पुल निर्माण भएपछि प्रतापपुर-४ र सरावल-७ बरगदवा जोडिने प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । चुनावमा आफुले गरेको वाचा र घोषणापत्र अनुसार पुल निर्माणको काम अगाडि बढाएको उनको भनाइ छ ।

१५ मिटर लामो पुल २०८३ जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्न ईश्वर त्रिरतन जेभीले १ करोड ४० लाखमा निमार्णको जिम्मा लिएको हो । वर्षामा पुलमाथिबाट खोला बग्ने हुँदा स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully