अनेरास्ववियु महाधिवेशन : मतदान सुरु, आजै परिणाम आउने

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Aneraswaviyu Congress: Voting has started, results will be out today

काठमाडौँ — अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ ।

कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन कडरिया र  प्रकाश पौडेल प्यानलबीच प्रतिस्पर्धा हुँदै छ । अखिल महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी छन् । 

निर्वाचनको मत परिणाम आजै आउने निवर्तमान उपाध्यक्ष नारायण धर्तीले जानकारी दिए । अहिलेसम्म करिब ७ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । निर्वाचनमा 'इलेक्ट्रोनिक भोटिङ मेसिन' प्रयोग गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully