काठमाडौँ — बारम्बार सरेर बसेको प्रतिनिधिसभाको बैठकमा नाराबाजी जारी रहेको छ। सभामुखले सांसदहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले नाराबाजी जारी राखेका छन्।
भिजिट भिसा प्रकरणको छानबिन कसरी गर्ने भन्नेमा दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बारम्बार अवरुद्ध भइरहेको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएको थियो। रास्वपा, माओवादीलगायतका दलहरूले ‘कारबाही गर, कारबाही गर’ भन्दै नाराबाजी गरेका छन्।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन्। सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरूले पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्।
