फेवातालमा दुइटा प्याराग्लाइडिङ खसे, चारै जनाको सकुशल उद्धार

जेष्ठ २८, २०८२

अनुप पौडेल

Two paragliders crash in Phewa lake, all four rescued safely

कास्की — अचानक हावाहुरी चलेपछि अनियन्त्रित भएर पोखराको फेवातालमा दुई वटा प्याराग्लाइडिङ खसेका छन् । बुधबार दिउँसो ३ बजे पोखरा-१८ खपौंदीस्थित तालमा दुई वटा प्याराग्लाइडिङ खसेका हुन् ।

दुर्घटना हुँदा दुई जना भारतीय यात्रु र दुई जना नेपाली पाइलट तालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

भारत बनारसका ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दनकुमार पटेल, पाइलट काभ्रे धुलिखेलका ३० वर्षीय मिलन शाह र पोखरा लेकसाइडका २८ वर्षीय विकास अधिकारीको उद्धार गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गणको फेवा रेस्क्यु टावरमा खटिएको गोताखोर र नेपाल प्रहरीको उद्धार टोलीले मोटरबोटको सहयोगमा घटनाको २० मिनेटपछि उनीहरूको उद्धार गरेको हो ।

दुर्घटनामा परेका चारै जनाको अवस्था सामान्य रहेको डीएसपी बस्नेतले बताए । `उहाँहरूको अवस्था सामान्य छ । उद्दार गरेर घर पठाइएको छ,´ उनले भने । 

अनुप

Link copied successfully