जावलाखेल चिडियाखानामा थपियो नयाँ सदस्य ‘माइला’

जेष्ठ २८, २०८२

मनोज पौडेल

A new member 'Myla' was added to Javalakhel Zoo.

काठमाडौँ — ललितपुरस्थित सदर चिडियाखानामा भाले गैंडा ‘माइला’लाई ल्याइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको ‘माइला’ नाम दिइएको गैंडा नयाँ सदस्यका रूपमा चिडियाखानामा थपिएको हो । अब चिडियाखानामा दुई वटा गैंडा हेर्न पाइने भएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जमा २०८१ असोजमा बाघको आक्रमणबाट माउसँग बिछोडिएपछि टुहुरो बनेको माइलालाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालयमा हुर्काएर सदर चिडियाखाना ल्याइएको चिडियाखानाका सिनियर क्युरेटर अशोक सुवेदीले बताए ।

A new member 'Myla' was added to Javalakhel Zoo.'माइलासँगै पोथी पूजालाई पनि चिडियाखाना ल्याउने कार्यक्रम थियो,'  उनले भने 'पूजा ट्रकभित्र रहेको खोरमा पस्न नमान्दा समस्या भयो ।' बुधबार पूजालाई बेग्लै प्रबन्ध गरी ल्याइएको उनले बताए । करिब ३ वर्षकी पूजा २०७९ मा बाघको आक्रमणबाट चितवन निकुञ्जमा माउसँग बिछोडिएको थिई । 

एनटीएनसीद्वारा सञ्चालित जावलाखेल सदर चिडियाखानामा रहेका दुई गैंडामध्ये एउटा ६ महिनाअघि बिरामी भएर मृत्यु भएको थियो । त्यसपछि माइला र पूजालाई ल्याइएको हो । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully