पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरको उजुरीका आधारमा पक्राउ पुर्जी

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

Arrest warrant issued against journalist Dilbhushan Pathak

काठमाडौँ — पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीको साइबर ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नबीन्द अर्यालले पनि जयवीरले पाठकविरुद्ध उजुरी दिएको बताए ।

जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन्। पत्रकार पाठकले आफ्नो कार्यक्रम 'टफ टक' मार्फत् ' हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे 'हिल्टनमा जयवीर देउवाको पैसा!' शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । 

यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएका हुन्। पाठकले सञ्चालन गर्दै आएको कार्यक्रम 'टफ टक' हाल युट्यूबमार्फत् प्रसारण हुँदै आएको छ। 

कान्तिपुर

Link copied successfully