काठमाडौँ — न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
परिषद्को मंगलबारको बैठकले सर्वोच्चमा रिक्त चार न्यायाधीशमध्ये तीन जनाको सिफारिस गरेको हो । परिषद्ले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको छ ।
सिफारिसमा परेकाहरुलाई संवैधानिक परिषद्ले नियुक्तिको अनुमोदनका लागि संसदीय सुनवाइ समितिमा लेखी पठाउनेछ । समितिले अनुमोदन गरेपछि उनीहरु नियुक्त हुनेछन् ।
