रुकुम पुगेकी रचना रिमाल बिरामी, उपचारका लागि काठमाडौं

जेष्ठ २७, २०८२

महेश केसी

Rachna Rimal who reached Rukum, Kathmandu for treatment

रुकुम पश्चिम — गायिका रचना रिमाल बिरामी परेपछि रुकुम पश्चिमबाट हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ । सानीभेरी गाउँपालिका-३ मा आयोजना गरिएको एक महोत्सवमा सहभागी हुन पुगेकी गायिका रिमाल अकस्मात बिरामी परेपछि उनलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । 

कार्यक्रम मंगलबारका लागि तय भएको थियो । तर रिमाललाई एक्कासि पेट दुख्ने समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । सानीभेरी रंगलशालामा गत जेठ १२ गतेदेखि आयोजना भइरहेको साँस्कृतिक महोत्सवमा सहभागी हुन रिमाल सोमबार आइपुगेको आयोजक डिल्ली परियारले जानकारी दिए ।

‘महोत्सवमा आज उहाँको प्रस्तुति रहने गरी हामीले तयारी गरेका थियौं । तर बिहान एक्कासि पेट दुख्यो भनेपछि तत्काल चौरजहारी अस्पताल पुर्‍याइयो । तर त्यहाँ उपचार नहुने देखेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगियो । त्यहाँबाट आजै बुद्ध एयरको जहाजमार्फत काठमाडौं पुर्‍याइएको छ ।’

गायिका रिमालको अहिले काठमाडौंस्थित ह्याम्स हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully