काठमाडौँ — लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले टोखामा दुई जना लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।
‘लागूऔषध कारोबारी दुई जनालाई गोली हानेर नियन्त्रणमा लिएको भन्ने छ,’ ब्युरोका सूचना अधिकारी एसपी जनकबहादुर शाहीले भने,‘हाम्रो टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू आक्रमणमा उत्रिएपछि गोली चलाउनुपर्यो । जानकारी लिने क्रममा छु । सम्पर्क हुन सकेको छैन ।’
एसपी शाहीका अनुसार गोली लागेका दुवै जना भारतीय नागरिक हुन् । दुवै जनालाई उपचारका लागि प्रहरी अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
