मध्यरातमा काठमाडौं उत्रिए अमेरिकाबाट डिपोर्टमा परेकाहरू

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Deportees from America left Kathmandu in the middle of the night

काठमाडौँ — अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र  ५ महिला मध्यरातमा काठमाडौं उत्रिएका छन् । अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर उनीहरुलाई आइतबार मध्यराति फर्काएको हो ।

 यो विमानमा अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई पनि फिर्ता ल्याएको छ ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । आइतबारसम्म १ सय ७७ नेपाली निष्कासनमा परिसकेका छन् ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुसँग सोधपुछ गरेर सूचना संकलन गर्ने तयारी थालेको छ । यसअघि अमेरिकाबाट डिपोर्टमा परेर फर्केकासँग पनि ब्युरोका अनुसन्धान अधिकारीहरुले सोधपुछ गरेका थिए । उनीहरु कसरी अमेरिका पुगे, किन डिपोर्टमा परे र यो घटनामा स‌ंगठित मानव तस्करीको भूमिका के छ भनेर ब्युरोले चासो राखेको छ ।Deportees from America left Kathmandu in the middle of the night

कान्तिपुर

Link copied successfully