संसद् खुलाउनेबारे दलहरू सहमतिनजिक

सहमतिको ड्राफ्टमा छलफल जारी

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Parties close to agreement on opening parliament

काठमाडौँ — प्रतिनिधिसभा बैठक खुलाउने बारेमा सत्तारूढ र विपक्षी दलहरू सहमति नजिक पुगिसकेका छन् । सहमतिपत्रको ड्राफ्टबारेमा छलफल भइरहेको नेताहरूले जानकारी दिए ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सहमतिको ड्राफ्टमा दलहरूबीच छलफल भइरहेको छ । 

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी छन् । 

एमालेबाट भने छलफलमा कोही सहभागी छैनन् । कांग्रेस र विपक्षीबीच भएको निष्कर्ष मान्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले बताए ।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सन्तोष परियारलगायत छन् । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलगायत सहभागी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully