काठमाडौँ — संसद्काे अवराेधका सम्बन्धमा कांग्रेस र माओवादीबीच छलफल भइरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा दुवै दलबीच छलफल चलिरहेको हाे ।
माओवादीलगायत विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आएका छन् । सत्तापक्ष भने भिजिट भिसा सम्बन्धमा विपक्षीले उठाएका कुनै पनि माग पूरा नहुने अडानमा छ । सत्तापक्ष विराेध भए पनि सदन चलाउनुपर्ने बताउन थालेको छ ।
१ बजे बाेलाइएकाे प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन । सभामुखको सचिवालयले भने विपक्षी दलहरूको बैठकका कारण सदन सुरु हुन नसकेको बताएको छ ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी दिएकाे सभामुखको सचिवालयले जानकारी दिएको छ ।
