काठमाडौँ — कान्तिपुरकर्मी राजु चौधरी सम्मानित भएका छन् । खाद्य स्वच्छता तथा गुणस्तरको क्षेत्रमा निरन्तर समाचार सम्प्रेषण गरी उपभोक्ता सचेतना कार्यमा पुर्याएको योगदानको कदर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्मान गरेको हो ।
विश्व खाद्य स्वच्छता दिवस तथा १७ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०८२ को अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र पशुपन्छी विकास सचिव दिपककुमार खरालले सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा चौधरीसहित नागरिक दैनिकका दिलीप पौडेल, नयाँ पत्रिकाका अजित अधिकारी, कारोबारका कौशिला कुँवर, टक्सार म्यागजिनका किरण आचार्य, हिमालय टाइम्सका लेखनाथ पोखरेल, क्लिकमाण्डु डटकमका राजेश बर्मा, क्यापिटल नेपालका सरिता थारु, हलोखबर डटकमका मनोज श्रेष्ठ, न्यूज एजेन्सी नेपालका सविन धमला, कृषि पत्रिकाका बैकुण्ठ भण्डारी, रेडियो मिर्मिरेका सिर्जना तिमिल्सिना पनि सम्मानित भएका छन् ।
विभागले २५ वर्षभन्दा बढी काम गरेका आफ्ना कर्मचारीलाई पनि सम्मान गरेको छ ।
