संसद् अवरोधबारे विपक्षी दल छलफलमा

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Opposition party in discussion about obstruction of parliament

काठमाडौँ — संसद्मा जारी अवराेधबारे छलफलका लागि विपक्षी दलहरूकाे बैठक बसिरहेको छ । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि जारी अवरोधबारे छलफल भइरहेको हाे ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा दलहरूकाे बैठक बसिरहेको हाे । बैठकमा माओवादीसँगै रास्वपा, एकीकृत समाजवादीका नेताहरूको सहभागिता छ ।

प्रतिनिधिसभा बैठक पछिल्लोपटक सरेकाे सर्‍यै छ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका छन् । रास्वपाले भने गृहमन्त्री लेखकले राजीनामाको माग राख्दै आएकाे छ ।

कान्तिपुर

Link copied successfully