काठमाडौँ — माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा भएको तेस्रो सम्मेलनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहे पनि अन्तत: ओलीको नाममा सहमति बनेको हो ।
वाईसीएल ४० वर्षमुनिका युवाको संगठन हो । वाईसीएल जुझारु संगठन बनाउने निर्णय भइसकेको र माओवादीको ‘सेफ गार्ड’का रुपमा कार्यशैली बदलिने सापकोटाले बताए ।
