वाईसीएलको नेतृत्वका लागि सहमतिको प्रयास

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Consensus effort for leadership of YCL

काठमाडौँ — माओवादीको भ्रातृ संगठनमा योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व चयन सहमतिको प्रयास भएको छ । नेतृत्वका लागि आकांक्षी धेरै भएपछि निर्वाचनको तयारी भए पनि सहमतिका लागि छलफल जारी छ ।

‘सकेसम्म सहमतिको प्रयास भइरहेको छ,’ माओवादी केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले भने, ‘सहमति भएन भने निर्वाचनको तयारी पनि सँगसँगै भइरहेको छ ।'

अध्यक्षका आकांक्षीहरुमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत छन् । 

वाईसीएल ४० वर्षमुनिका युवाको संगठन हो । वाईसीएल जुझारु संगठन बनाउने निर्णय भइसकेको र माओवादीको ‘सेफ गार्ड’ का रुपमा कार्यशैली बदलिने सापकोटाले बताए । 

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन जारी छ ।

कान्तिपुर

Link copied successfully