मधेशमा छिट्टै कांग्रेसको सरकार : सभापति देउवा

जेष्ठ २३, २०८२

अजित तिवारी

Congress government in Madhesh soon: Speaker Deuba

जनकपुर — कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने दाबी गरेका छन् । उनले मधेश प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिअनुसार अब छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । 

‘मधेश प्रदेशमा आलोपालोकै कुरा छ,’ शुक्रबार कांग्रेसको जनकपुरस्थित मधेश प्रदेश कार्यालय पुगेका सभापति देउवाले सञ्चारकर्मीहरुसित भने,‘यस विषयमा गठबन्धन दलहरूबीच कुराकानी गरेर टुंग्याउन बाँकी छ ।’

मधेश प्रदेशमा एमाले, कांग्रेस, जनमत र लोसपाको नेतृत्वमा हाल जनमतका नेता सतिशकुमार सिंहको नेतृत्वमा सरकार छ । सिंह मुख्यमन्त्री बनेको एक वर्ष पुगेको छ । एमाले र कांग्रेसले भने आफ्नो नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउन दबाब बढाइरहेका बेला कांग्रेस नेताको यो भनाइ सार्वजनिक भएको हो । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाबारे सोधिएको प्रश्नमा भने देउवा केही बोल्न चाहेनन् । 'माधव नेपालमाथि मुद्दा दायर गरिएको छ । के भन्नुहुन्छ ?' भने सञ्चारकर्मीले प्रश्न सोध्दा देउवाका वरिपरि रहेकाहरूले ‘अब सकाऔं’ भन्दै प्रश्न टारेका थिए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully