एक-दुई दिनमै भिजिट भिसा प्रकरणको सकारात्मक ल्यान्डिङ हुन्छ : अध्यक्ष दाहाल

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

A positive landing of the visit visa case takes place within a day or two: President Dahal

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणको एक-दुई दिनमै 'सकारात्मक ल्यान्डिङ' हुने बताएका छन् । शुक्रबार संसद्‍ भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले यस प्रकरणमा सरकारबाट भरपर्दो छानबिनको प्रतिबद्धता आए सदन चल्न सक्नेमा विपक्षी दलहरू सहमत भएको बताएका हुन् । 

'भरपर्दो छानबिन गर्ने गरी सरकारको प्रतिबद्धता आउन पर्‍यो भन्ने  विपक्षी दलहरूको बैठकमा कुराकानी भयो,' अध्यक्ष दाहालले भने, 'एक दुई दिनभित्र यो विषयको सकारात्मक ल्यान्डिङ हुन्छ ।'

त्यस्तै यस घटनामा विपक्षी दलहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने पनि उनले बताए । छानिबन समिति कस्तो बनाउने भन्ने विषयमा भने एकमत नरहेको उनको भनाइ छ ।

'सत्ता पक्ष छानबिन समिति बनाउनेमा सकारात्मक नै देखिन्छ । संसदीय समिति बनाउने कि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउने कि भन्ने पनि छ । त्यस्तै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि समिति बनाउन हुन्न भन्ने पनि उहाँहरूको मत छ,' दाहालले भने । 

कान्तिपुर

Link copied successfully