कहाँ छ राजावादी ? तुहिसक्यो : देउवा

जेष्ठ २२, २०८२

अजित तिवारी

Where is the royalist? It's over: Deuba

जनकपुर — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीहरु तुहिसकेको टिप्पणी गरेका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा 'राजावादी आन्दोलनलाई कसरी हेर्नुभएको छ' भन्ने सञ्चारकर्मीको प्रश्नमा कांग्रेस सभापति देउवाले भने, ‘कहाँ छ राजावादी ? तुहिसक्यो !’ 

देउवाले कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै रहने दाबी गरे । वर्तमान गठबन्धन आगामी चुनावसम्म कायम रहने उनको भनाइ छ । ‘कांग्रेस–एमालेको गठबन्धन राम्रैसँग चलेको छ । यो ०८४ सम्म कायमै रहनेछ,’ देउवाले भने ।

प्रहरी समायोजनका लागि छलफल र परामर्श भइरहेको पनि उनले बताए । 

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाका बुवा ठाकुरप्रसाद ढुंगानाको सालिक अनावरणका लागि जनकपुर आएका देउवाले भने शुक्रबार जनकपुरमा निर्मित मिथिला विकास कोषको आधुनिक भवनको समेत उद्घाटन गर्ने कार्यक्रम छ । बिहीबार अपराह्न उनले धनुषाको धनुषाधाम नगरपालिकामा निर्माण गरिएको ढुंगानाको सालिक अनावरण गर्दै छन् । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully