काठमाडौँ — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पार्टीभित्र छलफल हुने बताएका छन् ।
अध्यक्ष नेपाल पार्टीको काममा रौतहट गएकाले उनी काठमाडौं फर्केपछि छलफल हुने उनले बताए ।
‘यो विषयबारे पार्टीभित्र छलफल गर्छौ,’ महासचिव भुसालले कान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘भर्खर मुद्दा दायर भएको समाचारबाट थाहा भयो ।’
