पतञ्जलिमा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ : माधव नेपाल

जेष्ठ २२, २०८२

शिव पुरी

I never imagined that it would happen in Patanjali: Madhav Nepal

रौतहट — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन् ।

आज रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले भने, 'कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन ।' 

आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उनले जिकिर गरे ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने, 'अहिलेसम्म के भयो मलाई जानकारीमा छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ ।'

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully