सरेको सर्‍यै प्रतिनिधिसभा बैठक

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

All House of Representatives meeting in Surrey

काठमाडौँ — भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर्‍यै छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको केही बेरअघि मात्र सूचना टाँसेर साढे ३ बजेका लागि सारिएको छ । 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे सारिए पनि बस्न सकेको थिएन । उक्त समयमा पनि बैठक नबसेपछि संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको जनाएको थियो । 

यसअघि जेठ १३ र १४ का लागि बोलाइएका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए । त्यस्तै भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार पनि अवरुद्ध भएको थियो । मंगलबारको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग थियो ।

कान्तिपुर

Link copied successfully