भारतबाट फर्किएका तीन जनामा कोरोना पुष्टि

जेष्ठ २१, २०८२

अर्जुन शाह

Corona confirmed in three people who returned from India

धनगढी — भारतका दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किंदै गरेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । भारतबाट घर फर्किइरहेका ३६ जनाको कैलालीस्थित त्रिनगर सीमा नाकामा बुधबार एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको केन्द्रका स्रोत व्यक्ति हेमराज जोशीले बताए । उनका अनुसार अछामको ढकारी घर भएका ३२ वर्षीय पुरुष, धनगढी घर भएकी २४ वर्षीया महिला र कञ्चनपुरको पुनर्वास घर भएका २० वर्षीय पुरुषमा कोरोना संक्रमण  देखिएको हो ।

जोशीका अनुसार उनीहरूमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको  छ । तीनै जनालाई 'होम आइसोलेसन'मा पठाइएको छ ।  नयाँ भेरियन्टको कोरोना हो वा होइन भन्ने यकिन गर्न पीसीआरबाट परीक्षण गर्न उनीहरूको स्वाब संकलन गरेर काठमाडौं पठाइएको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully