भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छ : महामन्त्री शर्मा

'अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ भन्ने जुन छ नि, त्यो हो रहेछ भने वर्तमान गृहमन्त्रीजी, त्योभन्दा पहिलेका मन्त्रीहरू र प्रधानमन्त्रीसम्म पुग्छ भने पनि जे कानुनको दायरा हो त्यो दायरमा सबै आउनुपर्छ'

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

There should be an in-depth investigation into the visit visa issue: Chief Minister Sharma

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शीर्ष तहसम्म संलग्नता देखिए कानुनअनुसार कारबाही हुनुपर्ने बताएका हुन् । 

‘उजुरी जो व्यक्तिमाथि परेको छ । त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनुपर्‍यो । अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ भन्ने जुन छ नि, त्यो हो रहेछ भने वर्तमान गृहमन्त्रीजी, त्योभन्दा पहिलेका मन्त्रीहरू र प्रधानमन्त्रीसम्म पुग्छ भने पनि जे कानुनको दायरा हो त्यो दायरमा सबै आउनुपर्छ,’ महामन्त्री शर्माले भने ।    

यस प्रकरणमा संसदीय छानबिन समिति बनाउनुभन्दा संवैधानिक अधिकार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनुपर्ने महामन्त्री शर्माको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully