काठमाडौँ — नेपाल भेटेरिनरी एसोसिएसन (एनभीए) को अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भएका छन् । ७१२ मतदाता रहेकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा उनले ३०३ मत प्राप्त गरे ।
काठमाडौंमा सम्पन्न निर्वाचनमा उनले आफ्नो निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पराजित गरे । पाण्डेले २१६ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. उमेश दाहालले भने १७० मत पाएका छन् ।
एनभीएको महासचिवमा डा. शंकर न्यौपाने र कोषाध्यक्षमा डा. विकास श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा डा. गणेश रानाभाट, डा. सुशीलकुमार राई, डा. नवीन पन्थी, डा. साधना घिमिरे, डा. शरद नरसिंह अमात्य र डा. दिनेश अर्याल निर्वाचित भएका छन् ।
