काठमाडौँ — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरुले गृहमन्त्री लेखकलाई आजको प्रतिनिधिसभा बैठकमा आफ्ना धारणा राख्न दिनका लागि सकारात्मक भएका छन् ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार विपक्षी दलहरुले गृहमन्त्री लेखकलाई आफ्ना धारणा राख्न दिनेबारे सकारात्मक रहेको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा बसेको विपक्षी दलहरुको बैठकले छानबिनका लागि राजीनामा गर्नुपर्ने भनेको थियो । त्यसपछि सभामुखले विपक्षी र सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
उक्त छलफलपछि गृहमन्त्रीलाई आफ्ना धारणा राख्न सकारात्मक भएको बताइएको हो ।
११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक अब २ बजेका लागि डाकिएको सभामुखको सचिवालयले जनाएको छ ।
