आज पनि चलेनन् सार्वजनिक सवारी साधन, खाली खाली देखिए सडक

जेष्ठ २०, २०८२

दीपक केसी

Even today, public vehicles are not running, the roads are empty

काठमाडौँ — मंगलबार पनि सार्वजनिक सवारी साधन नचल्दा काठमाडौं उपत्यकाका सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरिका अनुसार मंगलबार केही गाडीहरु छिटफुट रुपमा चलेका छन् । उनले भने, 'हिजोको तुलनामा आज केही गाडीहरु चलेका छन् । मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु चलेका छन्।'

Even today, public vehicles are not running, the roads are empty

त्यस्तै साझा यातायातका बसहरु पनि आज सडकमा गुडेको देख्न सकिन्छ । मंगलबार काठमाडौं उपत्यकामा साझा यातायात र प्रहरीले पनि काठमाडौंमा नि:शुल्क बस सञ्चालनमा ल्याएको थियो ।

Even today, public vehicles are not running, the roads are empty

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि यातायात व्यवसायीले मंगलबार पनि सार्वजनिक सवारी साधन नचलाएका हुन् ।

Even today, public vehicles are not running, the roads are empty

Even today, public vehicles are not running, the roads are empty

Even today, public vehicles are not running, the roads are empty

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully