सरकार र यातायात व्यवसायीबीच भोलि फेरि वार्ता हुने

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

There will be talks between the government and transport businessmen again tomorrow

काठमाडौँ — सार्वजनिक यातायात नै ठप्प पारेर आन्दोलनमा उत्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीचको आजको वार्ता निष्कर्षविहीन भएको छ । ६ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा भने सहमति जुट्न सकेन ।

'आजको दुई चरणको वार्तामा कुनै सहमति बन्न सकेन,' नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने, 'अर्को वार्ता भोलि बिहान साढे १० मा बस्ने कुरा भएको छ ।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच आज दुई चरणमा वार्ता भएको थियो ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् । गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ भने सोमबारदेखि यातायात व्यवसायीले देशभर यातायात ठप्प पारेका छन् ।

वार्ता नटुंगिएकाले बन्दका कार्यक्रमबारे थप निर्णय नभएको अध्यक्ष स्वाँरले बताए ।

कान्तिपुर

Link copied successfully