प्रमुख दलका शीर्ष नेता सिंहदरबारमा छलफलमा जुटे

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

The top leaders of the major parties joined the discussion at the Singha Durbar

काठमाडौँ — संसद्‍मा विपक्षी दलको अवरोधलगायतका विषयमा  सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, माओवादी महासचिव देव गुरुङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला र नेसपा अध्यक्ष महिन्द्र रायद यादव सहभागी छन् । 

The top leaders of the major parties joined the discussion at the Singha Durbarयसअघि प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले अवरोध गरे पनि प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्ने बताएका थिए । विपक्षी दलहरूले संसद्मा अवरोध गरेर ज्यादती गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।

एमाले संसदीय दलको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अब विपक्षी दलहरूले विरोध गरेमा पनि संसद्का कामकारबाही अगाडि बढाउनुपर्ने बताएका हुन् । 

प्रमुख प्रतिपक्षी दल माओवादीले भने गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्‍मा अवरोध कायमै राख्ने जनाएको छ । सिंहदरबारमै सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

कान्तिपुर

Link copied successfully