लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवा आयोगमा पठाउने 

जेष्ठ १९, २०८२

घनश्याम गौतम

Lumbini Cabinet meeting: Referral of Civil Service Rules to Public Service Commission for consultation

बुटवल — लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेप्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली २०८२ प्रदेश लोकसेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा नियमावली संशोधनको प्रस्ताव पेस भएको थियो ।

त्यसलाई थप आवश्यक परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनले संशोधित प्रदेश निजामती सेवा ऐन पारित गरेको थियो । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully