काठमाडौं कब्जा गर्ने गफले दुनियाँमै एमालेको बेइज्जत भयो : अध्यक्ष दाहाल

'हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखायौँ । यिनीहरूले गफ गरे काठमाडौं कब्जा, लाजैमर्नु । गफ गरे काठमाडौं कब्जाको । तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको ।'

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

UML has been disgraced in the world with the gossip about capturing Kathmandu: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको कुनै हैसियत नभएको बताएका छन् । आइतबार योङ कम्युनिस्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको सरकारमा गणतन्त्र बचाउने इच्छाशक्ति नभएको बताएका हुन् । 

गफ हाँक्नेबाहेक सरकारले कुनै काम गर्न नसकेको दाहालको आरोप छ । आफूहरूले गफ नगरी एक लाख मान्छे उतारेको तर नेकपा एमालेले काठमाडौं कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको उनको भनाइ छ । 

‘यो सरकारको त केही हैसियतै छैन । यसको कुनै हैसियत नै छैन । यसको इच्छाशक्ति पनि छैन । हैसियत पनि छैन । गफ हाँक्नेबाहेक केही छैन । उनीहरूले गफ गरे । हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखायौँ । यिनीहरूले गफ गरे काठमाडौं कब्जा, लाजैमर्नु । गफ गरे काठमाडौं कब्जाको । तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरूलाई केही मतलबको कुरा छैन । यो जिम्मेवारी लिने हामीले नै हो ।’

अध्यक्ष दाहालले जनतालाई सही कुराको प्रचार गर्न स्वयंसेवक खटाउनुपर्ने बताए । 

कान्तिपुर

Link copied successfully