राप्रपा नेपालका अध्यक्ष थापा प्रहरी नियन्त्रणमा

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

RPP Nepal President Thapa under police control

काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नक्साल-नारायणचौरबाट थापालाई नियन्त्रणमा लिइको हो । काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिरराज बोहोराले जानकारी दिए । 

राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था समर्थक विभिन्न समूहले जेठ १५ देखि राजसंस्था पुनस्थापनालगायत माग राखी प्रदर्शन गर्दै आएका छन् । आज उनीहरुले नक्सामा प्रदर्शन गरेका हुन् ।

शनिबारदेखि प्रशासनले नारायणहिटी परिसरलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले बालुवाटार क्षेत्रमा र्‍यालीसहित प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले २४ असारसम्म नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । त्यसपछि राजसंस्था समर्थकले कार्यक्रमस्थल परिवर्तन गरेका छन् ।

कान्तिपुर

Link copied successfully